Comments Add Comment

जनकपुर जेसिजको अध्यक्षमा मनोज साह निर्वाचित

२६ पुस, जनकपुरधाम । जनकपुर जेसिजको अध्यक्षमा मनोजकुमार साह निर्वाचित भएका छन् ।

शनिबार राति भएको निर्वाचनमा साह १ सय १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी बिक्रम साहले ३४ मत ल्याए ।

यस्तै उपाध्यक्षमा मुकेशकुमार साह, राजेन्द्रकुमार साह, विनय साह र दीपककुमार यादव निर्वाचित भएका छन् ।

निर्वाचनअघि कार्यकारिणी उपाध्यक्षमा डा.राजेस मण्डल र उपेन्द्र कुमार साह निर्विरोध निर्वाचित भएका थिए ।

यसैगरी महासचिवमा राजकुमार साह, कोषाध्यक्षमा यातोष साह र कानुनी सल्लाहकारमा राजु साह पनि सर्वसम्मतले चयन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment