Comments Add Comment

पीएम कप क्रिकेट : पारस र ज्ञानेन्द्रले बागमतीबाट खेल्ने

२७ पुस, काठमाडौं  । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बागमती प्रदेशले प्रतियोगिताको क्लोज क्याम्पका लागि २५ सदस्यीय टिमको घोषणा गरेको हो ।

बागमतीले घोषणा गरेको टिममा राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् ।

यस्तै टिमका अन्य खेलाडीमा पृथु बास्कोटा, इशान पाण्डे,आदील खान, आकाश थापा, बिभत्सु थापा, राम नरेश गिरी, नन्दन यादब र गौतम केसी, सुमित झा,अरियो पौडेल, सुवास खत्री, रिजन ढकाल,विपिन आचार्य, पवन गोपाल श्रेष्ठ, जितेन्द्र सिंह ठकुरी, दिपेश श्रेष्ठ, तिलकराज भण्डारी, राजेश रिमाल, संघर्ष पौडेल,विशाल फुयाल, प्रतिक श्रेष्ठ,नभिन यादब र तक्षक सिम्खडा रहेका छन् ।

प्रधानमन्त्री कप पुरुष क्रिकेट माघ २ गतेबाट त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीसहित १० टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन् ।

यस्तै समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेश त्रिवि मैदानमा खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment