+
+
Shares

पृथ्वी जयन्ती : सिंहदरबार अगाडि राजावादी र प्रहरीको धक्कामुक्की

आर्यन धिमाल आर्यन धिमाल
२०७७ पुष २७ गते १६:५४

२७ पुस, काठमाडौं । आज २९९ औं पृथ्वी जयन्ती । विहानैदेखि सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुग्नेहरुको चहल पहल रह्यो ।

राजतन्त्रको मुद्दा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कार्यकर्ता पनि बाजागाजासहित आएका थिए । तर मुल सडक नै अवरुद्ध हुने गरी आएको र्‍यालीलाई प्रहरीले सडक पेटीतर्फ हिँडाउन खोजेपछि तनाव उत्पन्न भयो ।

राजावादी र प्रहरीको धक्कामुक्की भयो । प्रहरीले लाठीचार्ज गर्दा केही घाइते भए । राप्रपा कार्यकर्ताले केहीबेर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरे ।

र्‍यालीको नेतृत्व गरेका राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?