+
+
Shares

युरोपियन आर्थिक कक्षमा नयाँ नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २८ गते २०:०१

युरोपियन आर्थिक कक्ष( ईईसी)को १३ औं वाषिर्क साधारणसभा काठमाडौंमा भएको छ । वाषिर्क साधारण बैठकको उद्घाटन दिव्यामणि राजभण्डारीले गरेका थिए । अध्यक्ष विनायक शाहले स्वागत भाषणका साथ छलफल गरे । महासचिवको तर्फबाट कार्यकारी सदस्य दिपेन्द्र प्रधानांगले संस्थाको वाषिर्क प्रतिवेदन २०२० प्रस्तुत गरे । त्यस्तै, कोषाध्यक्ष सीए नारायण बजाजले आर्थिक वर्ष २०७६/७७कोलेखा परीक्षणको रिपोर्ट प्रस्तुत गरे । दुबै वाषिर्क रिपोर्ट र अडिटरको रिपोर्ट पारित भयो ।

साधारणसभाले नारायण बजाजलाई यूरोपियन इकोनोमिक चेम्बर (ईईसी) नेपालको नयाँ अध्यक्षका रूपमा चयन गर्‍यो । बजाजले २०२१/२२ को लागि नयाँ कार्यकारी समिति घोषणा गरे । जसमा उपाध्यक्षमा लक्ष्मी शर्मा, पुष्पा दास श्रेष्ठ र राजेन शर्मा रहे ।

महासचिवमा दीपेन्द्र पी प्रधानांग, कोषाध्यक्षमा अनिन राजभण्डारी, कार्यकारी सदस्यमा बद्री कोइराला,संजय अग्रवाल, अशोकमान कपाली, कृष्ण ज्योति शाक्य र सिद्धार्थ मणि राजभण्डारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?