
२९ पुस, काठमाडौं । निर्वाचन आयोगका सह–सचिव लक्ष्मी गौतमलाई सरुवा गरिएको छ । मन्त्रीस्तरीय निर्णयबाट मंगलबार गौतमको सरुवा गरिएको हो ।
गौतम आयोगको कानून तथा राजनीतिक महाशाखा प्रमुख थिए । उनैले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद हेरिरहेका थिए । उनले १७ पुस र २३ पुसमा ओली र प्रचण्ड–माधव समूहलाई सात दिने म्यादसहितको पत्र काटेका थिए ।
गौतमको कानून आयोगमा सरुवा भएको छ । आयोगको कानून महाशाखामा भने गृह मन्त्रालयका पुष्कर सापकोटा लगिएका छन् ।
दश महिना अगाडि मात्रै मुख्यमन्त्रीको कार्यालय, हेटौडाबाट गौतम निर्वाचन आयोगमा आएका थिए । नेकपाको दुवै समूहले वैधानिकता दावी गरिरहेका बेला गौतमको सरुवा हुनुलाई चासोका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4