Comments Add Comment

प्रज्ञा प्रतिष्ठानमा पुस्तक मेला

१ माघ, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक तथा पत्रपत्रिकाहरू प्रदर्शनी आयोजना गरेको छ । २९९ औं पृथ्वी जयन्तीका अवसर पारेर कमलादीस्थित प्रज्ञाको भानुभक्त कक्षमा पुस्तक मेला भइरहेको छ । एक साता चल्ने पुस्तक मेलामा नेपाली साहित्यका पाठकहरूको आकर्षण बढेको छ ।

पुस्तकहरू हरेक नेपालीहरूको हातमा पुर्‍याउन प्रदर्शनी गरिएको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताएका छन् । उनका अनुसार हाल साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पुस्तकहरू पुर्‍याउने प्रज्ञाको योजना छ ।

प्रदर्शनीमा वि.सं. २०१५ सालदेखि हालसम्म नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरू राखिएका छन् । विभिन्न विषयका ४ सय ८५ वटा पुस्तक र पत्रपत्रिकाहरू हेर्न र खरिद गर्न पाइने प्रतिष्ठानका सदस्य–सचिव जगतप्रसाद उपाध्यायले बताए । उनका अनुसार नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली–अंग्रेजी शब्दकोशमा छुटको व्यवस्था पनि गरिएको छ । प्रतिष्ठानका प्रकाशनमा ४० प्रतिशतसम्म छुटको व्यवस्था छ ।

पुराना साहित्यिक पत्रपत्रिका र साहित्यकारका कृति मेलाको आकर्षण हो । १० रुपैयाँदेखि १ हजार रुपैयाँसम्मा पुस्तक मेलामा राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment