Comments Add Comment

उषाको गुनासो–‘मेरा बारेमा नराम्रो हल्ला चल्यो, कामबाट निकालिएँ’

टिकटक बनाउँदा बनाउँदै मोडल उषा उप्रेतीको करिअर म्यूजिक भिडियोसम्म आइपुग्यो । टिकटकमा उनका १० लाख भन्दा बढी फलोअर्स छन् । उनले अभिनय गरेको ‘माया गरम्ला’ बोलको गीत हिट भयो । यो गीत चलेपछि उनलाई लिएर म्यूजिक भिडियो बनाउनेहरु पनि बढे ।

तर, उषा म्यूजिक भिडियो बजारमा चल्न थालेपछि उनका बारेमा नराम्रा हल्लाहरु पनि चल्न थाले । कसैले उनलाई घमण्डी भने त कसैले यही क्षेत्रका मानिसहरुसँग नाम जोडेर उनको चर्चा गर्न थाले । यस्ता हल्लाले उषालाई भने नमज्जा लागेको छ ।

उषाले भनिन्–‘यो क्षेत्रमा आएर मैले राम्रो र नराम्रो दुबै कुरा भोगेँ । विशेषगरि, मान्छेको स्वभाव नै नचिनी बर्णन गर्दिने चलन रहेछ । मेरो बारेमा अनावश्यक हल्ला चल्दा मैले २–३ वटा प्रोजेक्ट पनि छाड्नु परेको छ ।’

आफूलाई मानिसहरुले जसरी चिनेपनि आफू घमण्डी नभएको उषा बताउँछिन् । तर, आफूमा नभएको कुरा अरुले गर्दा दुःख लाग्ने उनको तर्क छ ।

उषाले गुनासो गर्दै भनिन्–‘नगरेको कामको पनि गल्ती भोग्नुपरेपछि म कैयौं पटक कोठामा एक्लै रोएकी छु । तर, काम गर्दै गएपछि यसलाई सामान्य रुपमा लिन थालेकी छु । म कस्तो छु मलाई थाहा छ । कामलाई चिनेर कसरी अगाडि बढ्ने भन्ने पनि मलाई थाहा छ ।’

सुरु–सुरुमा म्यूजिक बजारमा आफ्ना बारेमा सुन्नै नसकिने हल्ला सुन्दा उनलाई यो क्षेत्रमा किन आएछु भन्ने पनि लाग्यो । तर, हरेक क्षेत्रमा राम्रो र नराम्रो दुबै पाटो हुने भन्दै उषा आजसम्म आफूले राम्रो बाटो समातेर हिडेको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment