+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कोरोना खोप ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

सागर बुढाथोकी सागर बुढाथोकी
२०७७ माघ २ गते ४:४४

२ माघ, काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

‘कोभिसिल्ड’, अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको विभागले जनाएको छ ।

विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो । विभागका प्रवक्ता सन्तोष केसीका अनुसार हुकुम डिस्ट्रिब्युटर्सले ‘कोभिसिल्ड’लाई आपतकालिन् प्रयोगको लागि दर्ता गरेको हो ।

सेरम इनिस्च्युटको खोपले औषधि ऐन २०३५ (तेस्रो संशोधनसहित)को दफा ९ क का आधारमा आपतकालीन प्रयोगको अनुमति पाएको हो । उक्त दफामा विभागमा दर्ता हुने खोप विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्वन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका खोपहरु वा त्यस्ता नियामक निकायले अनुमति प्रदान गरेका खोपलाई दर्ता गर्न सकिने भनेको छ ।

यससँगै अब नेपालमा खोप ल्याउन बाटो खुल्नेछ । ‘अब खोपको विषयमा अन्य लजिस्टि पाटोहरुको काम सुरु हुनेछ’ प्रवक्ता केसीले अनलाइनखबरस्ँग भने, ‘यो दर्तासंगै अब सरकारले जिटूजी सम्झौता वा खोप बुक गर्न सक्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?