+
+
Shares

उपत्यकाका डीआईजी र ट्राफिक प्रमुख पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते ११:३८

१० जेठ, काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम अधिकारी र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका प्रमुख एसएसपी (वरिष्ठ उपरीक्षक) नवराज अधिकारी पुरस्कृत भएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उनीहरुलाई पुरस्कृत गरेको हो । रानीपोखरीका प्रमुख तथा एआईजी (अतिरिक्त प्रहरी महानिरीक्षक) ईश्वर कार्कीले उनलाई पुरस्कृत गरेका हुन् ।

उनीहरुले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत गरिएको रानिपोखरीले जनाएको छ । जेनजी आन्दोलनपछि ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा खटिएर काम गरिरहेका छन् ।

एसएसपी अधिकारीले जेनजी आन्दोलन हुँदा तहस नहस भएको ट्राफिक कार्यालय सञ्चालनमा ल्याउन र ट्राफिकको मनोबल बढाउने उत्कृष्ट भूमिका खेलेको बनाइएको छ ।

उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेको, मातहत कर्मचारीको मनोबल बढाउने काम गरेको, ट्राफिक कारबाही र राजश्व वृद्धिमा पनि उल्लेख्य काम गरेको, चोरी भएका तथा हराएका सवारीहरू खोजतलास गरी धनीलाई हस्तान्तरण गर्ने काम उत्कृष्ट तवरले गरेको भन्दै पुरस्कृत गरिएको हो ।

पछिल्लो एक वर्षदेखि एसएसपी अधिकारीले उपत्यका ट्राफिकको कमाण्ड सम्हाल्दै आएका छन् । जेनजी आन्दोलनपछि हुँदा खाली खुट्टा, बिना बर्दी पनि ट्राफिक सडक ड्युटीमा खटिएर काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?