+
+
Shares

‘प्रेम होस् त काजीको जस्तो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म 'काजी' ले प्रदर्शनको पहिलो दिनदेखि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ।
  • कलाकार विपिन कार्कीले काठमाडौंका विभिन्न हलमा गएर दर्शकसँग प्रतिक्रिया लिएका थिए।
  • निर्देशक लक्ष्मण रिजालले फिल्म प्रेम, समर्पण र सम्बन्धको भावनात्मक यात्रामा आधारित रहेको बताउनुभयो।

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन भएको नेपाली फिल्म ‘काजी’ ले समग्रमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ । प्रेमकथामा आधारित फिल्मले मन छोएको प्रतिक्रिया दर्शकले दिइरहेका छन् ।

प्रदर्शनको पहिलो र दोस्रो दिन कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, निर्देशक लक्ष्मण रिजाल, निर्माता रामप्रसाद रिजाल लगायत काठमाडौं उपत्यका भित्र रहेका विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए ।

दर्शकले फिल्ममा काजी र कजिनीको प्रेमकथालाई रुचाएका छन् । ‘श्रीमान् होस् त काजी जस्तो’ भन्ने प्रतिक्रिया दर्शकले दिइरहेका छन् । प्रतिक्रिया लिन फिल्म हल पुगेका दर्शकले ‘काजी जस्तो पो प्रेम’ भन्ने प्रतिक्रिया दिइरहेका छन् ।

दर्शकबाट त्यस किसिमको प्रतिक्रिया आउनुलाई दर्शक पात्र र कथासँग जोडिएको अभिनेता विपिन कार्कीले बताए ।

उनले भने, ‘म शुक्रबार र शनिवार काठमाडौंमा रहेका प्रायः हलमा पुगे, जहाँ पनि दर्शक भावनात्मक हुनुभएको पाएँ । कत्तिले हामीलाई काजी जस्तै श्रीमान् चाहियो पनि भन्नुभयो, केहीले श्रीमान् त काजी जस्तो हुनुपर्छ पनि भन्नुभयो । हामीले एउटा मनछुने प्रेमकथा दर्शकसामु ल्याएका छौँ, जातिले हेर्नुहुन्छ, पक्कै अन्य दर्शकलाई सिफारिस गर्नुहुनेछ । प्रेम होस् त काजीको जस्तो होस् भन्ने पनि दर्शकले भन्नुभएको छ ।’

उनले शनिबार पनि विभिन्न हलमा पुगेर केकीसँगै दर्शक भेटघाट गरेको बताए । निर्देशक रिजालले ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाको कथा नभई प्रेम, समर्पण र सम्बन्धको भावनात्मक यात्रामा आधारित रहेको बताए ।

उनले भने, ‘काजी हेरेर निस्किएका दर्शकले दिनुभएको प्रतिक्रियाले म ढुक्क भएँ । मैले पर्दामा जे देखाएको थिएँ, दर्शकले त्यसलाई बुझ्नुभयो । यो फिल्म हेरेपछि काजीजस्तै श्रीमान् वा प्रेमी होस् भन्ने कामना धेरैले गर्नुहुनेछ, किनकि काजीले आफ्नी श्रीमतीलाई गर्ने प्रेम अद्भुत छ।’

अभिनेत्री अधिकारीले पनि आफ्नो अभिनय यात्रामा ‘काजी’ विशेष महत्व राख्ने बताइन् । रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका निर्माता रामप्रसाद रिजाल हुन् ।

पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन निर्देशन, कालीप्रसाद बास्कोटाको संगीत, सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत तथा कविराज गहतराजको नृत्य निर्देशन छ । नेहान रिजाल र विकासराज जोशी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?