News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'काजी' ले पहिलो गीत 'वारि बर पारि पीपलु' सार्वजनिक गरेको छ।
- गीत कालीप्रसाद बासकोटाको शब्द तथा संगीतमा गंगा सोनाम र करण परियारले गाएका छन्।
- फिल्म ८ जेठदेखि प्रदर्शन तयारीमा छ र लक्ष्मण रिजालले निर्देशन गरेका छन्।
काठमाडौं । फिल्म ‘काजी’ ले पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक गरेको छ । आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो ।
कालीप्रसाद बासकोटाको शब्द तथा संगीत रहेको गीतमा गंगा सोनाम र करण परियारको आवाज छ । यी दुबैजना टिभी रियालिटी शो ‘नेपाल आइडल’ का विजेता हुन् ।
पतिपत्नीबीचको प्रेमकथा समावेश गीतको भिडियोमा कलाकार विपिन कार्की र केकी अधिकारी किसानको रोलमा छन् । फिल्मकै कथामा गीतको छायांकन गरिएको छ, जसमा उनीहरु दैनिकीसँगै बिहानको पूजापाठदेखि खेतबारीको कामको दृश्य समेटिएको छ ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर लगायतको अभिनय छ ।
फिल्म भावनात्मक तथा सामाजिक कथामा आधारित रहेको बताइएको छ । मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटालाई उजागर गर्ने प्रयास गरिएको निर्देशक रिजालले बताए ।
फिल्ममा प्रदीप भारद्धाजको पटकथा छ । असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा रामप्रसाद रिजाल, नेहान रिजाल र विकासराज जोशी छन् । ‘काजी’ ८ जेठदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4