+
+
Shares

‘बोक्सीको घर’ को सफलतापछि ‘पेट्रोल पम्प’ बनाउँदै केकी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केकी अधिकारी र सुलक्षण भारतीले 'बोक्सीको घर' पछि पुनः सहकार्य गर्दै नयाँ फिल्म 'पेट्रोल पम्प' बनाउने घोषणा गरेकी छन्।
  • 'पेट्रोल पम्प' नामक सोसल ड्रामा फिल्म २०८३ सालमा प्रदर्शन हुने जनाइएको छ।
  • केकीले 'बोक्सीको घर' को सफलता र दर्शकको माया अनुसार नयाँ फिल्ममा नयाँपन दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

काठमाडौं । केकी अधिकारी र सुलक्षण भारतीको अघिल्लो सहकार्य ‘बोक्सीको घर’ सुपरहिट बन्यो । १० करोड १० लाख ग्रस कमाउँदै यो फिल्म अहिले पनि सर्वकालिन धेरै कमाउने १५ औं नेपाली फिल्म हो ।

केकीको होमप्रोडक्सन फिल्म रहेको सो फिल्मलाई सुलक्षणले निर्देशन गरेका थिए । यी दुईबीच पुनः सहकार्य हुने पक्का भएको छ । मंगलबार केकीले सामाजिक सञ्जालमार्फत आगामी फिल्मको रुपमा ‘पेट्रोल पम्प’ बनाउने घोषणा गरेकी छन् ।

केकीले फेसबुकमा लेखेकी छन्, ‘कलाप्रतिको प्रेम, सिनेमाप्रतिको इमानदारी र कथाप्रतिको गहिरो सम्मानले हामीलाई फेरि एकसाथ बाँध्यो । ‘बोक्सीको घर’ लाई यहाँहरुले दिनुभएको अपार माया, विश्वास र साथले हामीले अझ जिम्मेवार महसुस गरेका छौँ । हामीले नयाँ कुरा सोच्ने, नयाँ प्रयास गर्ने हिम्मत जुटाएका छौँ ।’

उनी अघि लेख्छिन्, ‘त्यही प्रेरणा, त्यही आत्मा र त्यही मिहिनेतका साथ हामी लिएर आउँदैछौँ हाम्रो नयाँ प्रस्तुति ‘पेट्रोल पम्प’ ।
यसपटक पनि यहाँहरुको माया, समर्थन र विश्वासको अपेक्षासहित । पुनः सहकार्यको यो यात्रामा हामी ‘बोक्सीको घर’ टिम एकपटक फेरि एउटै सपना बोकेर अगाडि बढिरहेका छौँ ।’

‘सोसल ड्रामा’ फिल्मको प्रदर्शन २०८३ सालमा हुने जनाइएको छ । फिल्मबारे विस्तृत बताइएको छैन ।

यद्यपी, दर्शकलाई नयाँ स्वाद दिने केकीको प्रतिबद्धता छ । भन्छिन्, ‘हाम्रो पहिलो सिनेमा बोक्सीको घरमा हामीले जसरी नयाँ टेस्ट लिएर दर्शकमाझ आएको थियौँ, त्यस्तै यो सिनेमामा पनि हामी नयाँपन दिने कोसिस गर्नेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?