+
+
Shares
जेनजी आन्दोलन :

‘सतीले सरापेको देश होइन, देवीले अँगालेको देश हो हाम्रो’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते १७:४०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ।
  • चलचित्र अभिनेत्रीहरूले कार्कीको गैरदलीय प्रधानमन्त्री नियुक्तिमा उत्साह व्यक्त गरेका छन्।
  • अभिनेत्री केकी अधिकारीले कार्कीलाई नारी सशक्तिकरणको प्रतीक भन्दै बधाई तथा शुभकामना दिएकी छन्।

काठमाडौं । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी छन् । मुलुकको पहिलो प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीलाई सेलिब्रेटीले बधाई दिइरहेका छन् ।

खासगरि, चलचित्र अभिनेत्रीहरूले कार्कीको नियुक्तिमा उत्साह साटिरहेका छन् । सबैजसो कलाकारले गैरदलीय प्रधानमन्त्रीको रुपमा कार्कीको नियुक्तिमा खुसी बाँडिरहेको देखिन्छ ।

यो अवसरमा अभिनेत्री केकी अधिकारीले लेखेकी छन्, ‘सतीले सरापेको देश होइन, देवीले अँगालेको देश हो हाम्रो ।’

उनी अघि लेख्छिन्, ‘ सतिले सरापेको ग्लानि भाव त्यागेर आमाको आशिषले समुन्नत कहलाउने, यो देशको नयाँ चिनारी, नयाँ बिहानी, नयाँ आशा हेर्न आतुर छु । नेपालको पहिलो महिला प्रधानमन्त्री सम्माननिय सुशीला कार्कीलाई हार्दिक बधाई तथा शुभकामना ।’

केकीले नारी सशक्तिकरणको सन्देश दिने फिल्म र पात्रको चरित्र चित्रणमा लामो समयदेखि कार्य गर्दै आएकी छन् । उनको पछिल्लो फिल्म ‘बोक्सीको घर’ व्यवसायिक हिट मात्र होइन, यसले दिने सामाजिक अर्थ निकै गहन थियो ।

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै केकीले फेसबुकमा छोटो कविता पनि लेखेकी छिन् :

हर एक बलिदान साक्षी राखी
निर्दोष, निश्छल नवयुवाहरुको शहादत
नभुली, नबिर्सिइ ।
नवदुर्गाको अपार शक्ति
कालिको क्रोध
सरस्वतीको दिव्यज्ञान
गंगाको शितलता र,
करुणामयीको स्नेह
सबै रुपमा आउनु आमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?