+
+
Shares

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी : अझै क्रिएटिभ हुन सकूँ

होमप्रोडक्सन ‘बोक्सीको घर’ सुपरहिट भएपछि सन् २०२६ भित्रै उनको घरभित्रको फिल्म निर्माण हुनेछ, जहाँबाट भाई विम्वले डेब्यू गर्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री केकी अधिकारीले २०७९ जेठ १९ गते जन्मदिन मनाइरहेकी छन् र यसवर्षको जन्मदिन 'झिंगेदाउ २' को छायांकन सेटमा बिताउनेछिन्।
  • केकी अधिकारीको पछिल्लो फिल्म 'परान' ले घरेलु फिल्ममा १७ करोड रुपैयाँ ग्रस कमाई गरेको छ र उनको अर्को फिल्म 'काजी' प्रदर्शन तयारीमा छ।
  • केकीले जन्मदिनमा अनलाइनखबरलाई भनिन्, 'अब चाहिँ क्रिएटिभ इफोर्ट लगाउन जरुरी छ' र क्वालिटीलाई ध्यानमा राखेर प्रोजेक्ट छान्ने बताइन्।

काठमाडौं । अभिनेत्री केकी अधिकारी विहिबार जन्मदिन मनाइरहेकी छन् । यो अवसरमा उनलाई प्रशंसकदेखि कलाकर्मीले शुभकामना दिइरहेका छन् ।

उनको यसवर्षको जन्मदिन ‘झिंगेदाउ २’ को छायांकन सेटमा हुनेछ । यतिबेला ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको छायांकन काभ्रेको पनौती क्षेत्रमा भैरहेको छ । फिल्मको शीर्ष भूमिकामा केकी स्वयम छिन् ।

पछिल्लो समय केकीले एकपछि अर्को सफलताको स्वाद चाखिरहेकी छिन् । होमप्रोडक्सन ‘बोक्सीको घर’ सुपरहिट भएपछि सन् २०२६ भित्रै उनको घरभित्रको फिल्म निर्माण हुनेछ, जहाँबाट भाई विम्वले डेब्यू गर्नेछन् ।

उनको पछिल्लो फिल्म ‘परान’ ले घरेलु फिल्ममा १७ करोड नेरु ग्रसको आँकडा पार गरेको छ । उनको अर्को फिल्म ‘काजी’ प्रदर्शन तयारीमा छ ।

सबै कुरा ठीकठाक भए दीपकराज गिरीसँगको उनको एक फिल्म छायांकनमा जानेछ । यद्यपि, यो फिल्मले अझै ठोस आकार प्राप्त गरिसकेको छैन । जेहोस, केकीको लागि अहिले भाग्य र समय दुवैले साथ दिइरहेको छ ।

‘अझै क्रिएटिभ हुन सकूँ’

जन्मदिन अवसरमा केकीले अनलाइनखबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफू थप सिर्जनात्मक बाटोमा अघि बढ्ने बताएकी छन् । ‘मातृभूमि, त्यसमा पनि कर्मथलोँमा सक्रिय हुन सकूँ’ उनले भनिन्, ‘हरेक वर्ष यसरी नै जन्मदिन मनाउन पाइराखूँ ।’

उनले अबको समयलाई क्रिएटिभ बनाउन जरुरी रहेकोले त्यसतर्फ अघि बढ्ने बताइन् । ‘अब चाहिँ क्रिएटिभ इफोर्ट लगाउन जरुरी छ’ भन्छिन्, ‘क्वान्टिटीभन्दा क्वालिटीलाई ध्यानमा राखेर प्रोजेक्ट चुज गर्छु ।’

सन् २०११ मा केकीले फिल्म ‘स्वर’ बाट घरेलु फिल्ममा डेब्यू गरेकी थिइन् । त्यसयता उनले ४० भन्दा धेरै फिल्ममा काम गरिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?