Comments Add Comment

फुटबल एकेडेमी सञ्चालन गर्न एन्फा र नेपाल पुलिसबीच सम्झौता

 

४ माघ, काठमाडौं । साँगामा फुटबल एकेडेमी सुरु गर्नका लागि अखिल नेपाल फुटबल संघ एन्फा र नेपाल पुलिसबीच सम्झौता भएको छ । साँगास्थित नेपाल पुलिस स्कुलमा एकेडेमी सञ्चालन गर्नका लागि एन्फा र पुलिसबीच आइतबार सम्झौता भएको हो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र पुलिसका एआईजी निरज बहादुर शाहीले आइतबार नक्साल स्थित पुलिस हेडक्वाटरमा एकेडेमी सुरु गर्ने सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौता अनुसार एकेडेमीमा कुल २१ जना खेलाडीलाई राखिनेछ । जसमा ७ जना विद्यार्थी पुलिस स्कुलबाट हुनेछ भने ७ जना एन्फाको स्कलरसिप अन्तर्गत देशभरबाट छानिएका खेलाडी हुनेछन् । यस्तै बाँकी ७ जना भने त्यहाँ आबद्ध हुन चाहनेले स्थान पाउनेछन् ।

एन्फाले एकेडेमीका लागि ४ वर्षसम्म टेक्निकल सपोर्ट गर्ने एन्फाले जनाएको छ ।

यस्तै एन्फाले दुई वर्षसम्मका लागि खेलाडी उपलब्ध गराउने र नेपाल पुलिस स्कुललाई खेलकुद सामाग्री उपलब्ध गराउनुका लागि यसमा संमोजन गर्ने समेत एन्फाले जनाएको छ ।

सम्झौता कार्यक्रममा पुलिसका आइजी शैलेश थापा क्षेत्री, एन्फा उपाध्यक्ष शिक्षित पराजुली र उपेन्दरमान सिंह, राष्ट्रिय खेलकुद परिषद बोर्ड मेम्बर हरी खड्का, एन्फा लिग कमिटी प्रमुख विज्ञान राज शर्मा लगायत अन्य एन्फा पदाधिकारीहरु उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment