+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

वकिलको टिप्पणी : न्यायाधीश सपना मल्ल प्रधान संसारकै भाग्यमानी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ४ गते १७:५२
फाइल तस्वीर

४ माघ, काठमाडौं । संसद विघटनको रिट सुनुवाइ गर्ने संवैधानिक इजलासमा रहेकी न्यायाधीश सपना प्रधान मल्ललाई कानुन व्यवसायीले संसारकै भाग्यमानी व्यक्तिको संज्ञा दिएका छन् ।

आइतबार उक्त रिटमाथि निवेदकका पक्षबाट बहस गर्ने अधिवक्ता सुनील पोखरेलले संविधान निर्माण प्रक्रिया र व्याख्यामा सहभागी हुने मौका पाएको भन्दै न्यायाधीश प्रधानलाई संसारकै भाग्यमानी व्यक्तिमा पर्ने टिप्पणी गरेका हुन् ।

संविधानको मेकिङ (निर्माण) र बुल्डिङ (ब्याख्याद्वारा समृद्ध पार्ने) दुई चरण हुन्छ । संसारमा कहीँ पनि एउटै व्यक्ति संविधानको मेकिङ र बुल्डिङ दुवै प्रक्रियामा सहभागी हुन पाउँदैन ।

पोखरेलले नेपालमा दुई जना व्यक्ति भने संविधान निर्माण र बुल्डिङ (ब्याख्या) को चरणमा सहभागी हुन पाए । ‘एक जना पूर्वन्यायाधीश विश्वनाथ उपाध्याय हुनुहुन्छ भने अर्का व्यक्ति माननीय सपना प्रधान मल्ल हुनुहुन्छ’ उनले भने, ‘उहाँले संविधान बनाउनुभयो र केही हदसम्म बुल्डिङमा पनि सहभागी हुनुभयो । उहाँले संविधानसभाको इन्टरनल कुरा पनि थाहा पाउनुभयो ।’

न्यायाधीश प्रधान पहिलो संविधानसभा सदस्य थिइन् । संविधान नबनाए पनि उक्त संविधानसभाले गरेको काम दोस्रो संविधानसभाले स्वीकार गरेको थियो । नेपाल बार एसोसियसनको पूर्वमहासचिव समेत रहेका पोखरेलले पहिलो संविधानसभामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि तोकेको मितिमा निर्वाचन भएन भने संसद पुनर्स्थापना गर्ने कि नगर्ने भन्ने विषयमा पनि छलफल भएको आफूले एउटा दस्तावेज भेटेको बताए ।

संसद विघटनको रिट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा भइरहेको छ ।

वरिष्ठ अधिवक्ता पोखरेलले यो इजलासलाई राम्रोसँग व्याख्या गरी संविधानलाई समृद्ध बनाउने दायित्व रहेको बताए । संविधान व्याख्याको प्रक्रियामा नागरिकको अधिकार वृद्धि हुने र कार्यकारीको अधिकार सीमित हुने उनको भनाइ छ । ‘संविधानको ब्याख्या गर्दा नागरिकको हकको संकुचन र कार्यकारीको अधिकार वृद्धि भएमा दुर्भाग्य हुन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?