Comments Add Comment

पीएम कपमा दुई खेल : बागमती र सुदूरपश्चिम तथा गण्डकी र प्रदेश १ खेल्दै

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुदैछ ।

समूह क मा रहेका बागमती र सुदूरपश्चिम बीचको खेल कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय मैदानमा हुनेछ । पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको बागमती टिमको आत्मविश्वास बढेको छ र जित यात्रा कयाम राख्न चाहन्छ ।

राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको बागमतीमा राष्ट्रिय टिमका पूर्वकप्तान अनुभवी खेलाडी पारस खड्का पनि छन् ।

तर पारस यस खेलपछि भने युएईमा हुने टी-१० लिगका लागि जानेछन् । बागमतीमा पृथु बास्कोटा, इशान पाण्डे जस्ता राष्ट्रिय टिममा खेलिसकेका खेलाडी छन् । यस्तै पुलिसविरुद्ध उत्कृष्ट बलिङ गरेका नन्दन यादव, तिलक राज भण्डारी र रामनरेश गिरी पनि लयमा छन् ।

उता सन्तोष भट्टको कप्तानीमा रहेको सुदूरपश्चिम प्रतियोगिताको पहिलो खेल खेल्दैछ । टिममा खडकबहादुर बोहरा, नारायण जोशी, अरुण ऐरी छन् ।

यस्तै समूह बी अन्तर्गत गण्डकी प्रदेश र प्रदेश १ बीचको खेल मुलपानी क्रिकट मैदानमा हुनेछ । गण्डकी पहिलो खेलमा विभागीय टोली आर्मीसँग ९८ रनले पराजित भएको थियो भने सिद्धान्त लोहनीको कप्तानीमा रहेको प्रदेश १ प्रतियोगितामा पहिलो खेल खेल्दैछ । दुवै टोली पहिलो जित हात पार्ने लक्ष्यमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment