५ माघ, काठमाडौं । मकवानपुरको मकवानपुर गढी गाउँपालिका-२ स्थित भालङटारमा एक महिला घरभित्रै मृत फेला परेकी छन् । सोमबार बिहान ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी हुन् ।
घटनाबारे जानकारी पाएलगत्तै घट्ना स्थल पुगेको प्रहरी टोलीले मृतकको श्रीमान ४६ वर्षीय देवराज गोलेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए । घटना संकास्पद देखिएका कारण देवराजलाई नियन्त्रणमा लिएको उनले बताए । प्रारम्भिक अनुसन्धानको क्रममा श्रीमायाको हत्यामा देवराजको संलग्नता देखिन आएकोले उनलाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।
देवराजलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4