५ माघ, काठमाडौं । बागमती प्रदेशले प्रधामन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दाेसाे जित हात पारेकाे छ । साेमबार भएकाे खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई १८० रनले पराजित गरेकाे हाे ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेकाे बागमतीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९९ रन बनाएकाे थियाे । जसमा ९४ बल खेलेका पृथु बास्कोटाले १० चाैका र २ छक्काको मद्दतले ८४ रन बनाए । यस्तै ओपनर आदिल खानले ८६ बल खेल्दै १० चाैका मद्दतमा ६३ रन बनाए ।
६० रन हुँदा ओपनर आकाश थापा र पारस खड्कालाई गुमाएपनि आदिल र पृथुले तेस्राे विकेटका लागि शतकीय साझेदारी गर्दै ईनिङ्स अघि बढाएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२ रन जाेड्दा पारस खड्काले २०, ईशान पाण्डेले १७ , आकाश थापाले १३ रन जाेडे । रामनरेश गिरी १० रनमा अविजित रहे
सुदूरपश्चिमका नारायण जाेशीले ३ विकेट लिए । यस्तै भाेजराज भट्ट र सन्ताेष भट्टले २-२ र विनाेद लामाले १ विकेट लिए ।
यता ३०० रनको लक्ष्य पच्छयाएको सुदूरपश्चिम बागमतीका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि २१ ओभरमा ११९ रनमै अलआउट भयाे । सुदूरपश्चिमका लागि नारायण जाेशीले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । यस्तै अर्जुन साउदले ३१ र किरण ठगुन्नाले २४ रन बनाए ।
बलिङतर्फ बागमतीका रामनरेश गिरीले ४ र नन्दन यादवले २ विकेट लिए । आइतबार भएको खेलमा साविक विजेता नेपाल पुलिसलाई ७ विकेटले पराजित गरेको बागमती लगातार दाेसाे जित हात पारेकाे छ ।
प्रतिक्रिया 4