Comments Add Comment

‘रमाइलो जोक्स प्रतियोगीता’को निर्णायकमा वुद्दि तामाङ, विजेताले ३ हजार डलर पाउने

 

‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’को आयोजना सुरु गरिएको छ । रिदम स्क्रिनको प्रस्तुतिमा भैरहेको यो कार्यक्रमको आयोजना अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा क्रियाशिल संगीतकर्मीहरुले गरेका हुन् ।

यो कार्यक्रममा सहभागी हुनका लागि कुनै पनि व्यक्तिले रमाइलो जोक्स कम्पिटिशन नामक वेवसाइटमा गएर निशुल्क फाराम भर्न सक्नेृछन् वा रिदम स्क्रिनको आधिकारिक फेसबुक वा इन्स्टाग्राम पेज मार्फत सहभागीता जनाउन सक्नेछन् ।

चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्ने व्यक्तिहरुका लागि यो प्रतियोगीता आयोजना गरिएको छ । यो कार्यक्रमको निर्णायकहरुमा कलाकार वुद्दि तामाङ, हाँस्य कलाकार दिलिप गुरुङ र कलाकार भानु तिवारी छन् ।

यो कार्यक्रममा प्रथम हुने विजेताले ३ हजार डलर, दोश्रो हुनेले २ हजार र तेश्रो हुनेले १ हजार डलर नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् । जनवरी ८ देखि फेब्रुअरी २८ सम्म प्रतियोगीतामा सहभागी हुनका लागि आवेदन दिन सकिन्छ । विश्वभर छरिएर रहेका प्रतिभाहरुलाई प्रोत्साहन गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका निर्देशक कमल राइले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment