Comments Add Comment

अर्जेन्टिनामा ६.४ म्याग्निच्युडको भूकम्प

६ माघ, काठमाडौं । अर्जेन्टिनाको पश्चिमी प्रान्त सान जुआनमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पसँगै अहिले अर्जेन्टिनामा त्यसको पराकम्पन जाने क्रम जारी छ । पहिलो भूकम्प गएको २० मिनेटपछि ५ म्याग्निच्युडको अर्को पराकम्पन गएको थियो ।

यो भूकम्पको विषयमा विस्तृत जानकारी आउन बाँकी भए पनि अहिलेसम्म भूकम्पको कारण सुनामीको चेतावनी भने दिइएको छैन । सान जुआनका गभर्नर सर्जिओ उनाकले मानिसहरुलाई शान्त रहन आग्रह गरेका छन् । उनले सबैलाई यसअघि सिकेको कुराहरु पालना गर्दै भूकम्पबाट बच्न आग्रह गरेका छन् ।

उनाकका अनुसार भूकम्पमा फसेका मानिसहरुको उद्धारको लागि नागरिक र सुरक्षा बल परिचालन गरिएको छ । भूकम्प प्रभावित केही क्षेत्रमा विद्युत् अवरुद्ध भएको बताइएको छ । अर्जेन्टिनाका सञ्चारमाध्यमहरुले भूकम्पको कारण केही भवनहरु भत्किएको बताएका छन् । साथै केही सडकहरु पनि अवरुद्ध भएको हुन सक्ने समाचारमा बताइएको छ ।

भूकम्पको धक्का छिमेकी मुलुक चिलीमा पनि गरिएको थियो । यद्यपि चिलीको सरकारले भने अहिलेसम्म भूकम्पबाट क्षतिको कुनै विवरण नआएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment