News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले चालु आर्थिक वर्षको १० महिनामा १५० भन्दा बढी मुलुकसँग आयात/निर्यात गरेको छ।
- भारत, चीन र अर्जेन्टिना नेपालका मुख्य व्यापारिक साझेदार हुन्।
- अर्जेन्टिनाबाट मुख्यतया कच्चा सोयाबिन तेल, सूर्यमुखी तेल, मकै, सिमी र तिलको दाना आयात भएको छ।
१० जेठ, काठमाडौं । नेपालले चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)सम्म डेढ सय भन्दा बढी मुलुकमा आयात/निर्यात गरेको तथ्यांक छ । तर, ठूलो व्यापार भने सीमित मुलुकसँग मात्र हुने गरेको छ ।
जसको पहिलो स्थानमा भारत, दोस्रोमा चीन र तेस्रोमा अर्जेन्टिना रहेको छ । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनासँग नेपालको भौगोलिक निकटता छैन ।
यद्दपी चालु आवमा सो मुलुकबाट ९५ अर्ब २७ करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । नेपालबाट अर्जेन्टिनामा भने मात्र ३६ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।तथ्यांक अनुसार अर्जेन्टिनाबाट यस वर्ष कच्चा सोयाबिन तेल र कच्चा सूर्यमुखी तेल भित्रिएको छ ।
जुन नेपालमा मूल्य अभिवृद्धि गरी भारततर्फ निर्यात हुने गर्छ । १० महिनामा अर्जेन्टिनाबाट कच्चा सोयाबिन तेल ५० करोड ३१ लाख लिटर भित्रिएको छ । जुन ८१ अर्ब रुपैयाँ हाराहारी लागत रकमको हो ।
कच्चा सूर्यमुखी तेल ८ करोड २९ लाख लिटर भित्रिएको छ । जसको लागत १३ अर्ब ३६ करोड रुपैयाँ हाराहारीको रहेको छ । यसबाहेक अर्जेन्टिनाबाट ७ लाख ७८ हजार केजी मकै भित्रिएको छ । जसको लागत ७ करोड ६३ लाख रुपैयाँ छ ।
सिमीको सुख्खा दाना/दाल ७५ हजार केजी भित्रिएको छ । जसको लागत ९७ लाख २४ हजार रहेको भन्सार विभागको तथ्यांक छ । तिलको दाना १ लाख १७ हजार ३ सय केजी भित्रिएको छ । जसको लागत २ करोड ६३ लाख ९२ हजार रहेको तथ्यांक छ ।
प्रतिक्रिया 4