+
+
Shares

रुकुम पश्चिममा कांग्रेस र नेकपा निकट युवाबीच झडप, प्रहरीद्वारा हवाई फायर

यज्ञ खत्री यज्ञ खत्री
२०७७ माघ ६ गते १७:२४
साङ्केतिक तस्वीर

६ माघ, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ स्थित राडी बजारमा नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीच विवाद हुँदा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर समेत गरेको छ ।

सामान्य विषयमा सुरु भएको विवादले उग्ररुप लिन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रमुख डीएसपी ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।

‘स्थानिय काँग्रेस र नेकपा निकट युवाहरुबीच पहिले देखिनै विभिन्न विषयमा विवाद हुँदै आएको थियो,’ डीएसपी श्रेष्ठले भने, ‘उक्त विवाद प्रहरीसम्म आएपछि मिलाउन खोज्दा नेकपाका केही केही युवाहरुले चौकीमै ढुंगामुढा गरेछन्, त्यसलाई नियन्त्रणमा लिन पनि हवाई फायर गर्नुपर्‍यो ।’

‘पहिले पनि जिल्ला स्तरीय नेताहरुलाई राखेर दुई समूहको विवाद मिलाउने प्रयास गरेका थियौं, फेरि यसपटक विवाद भयो । अब जिल्लामै बोलाएर फेरि छलफल गर्छौं’, श्रेष्ठले भने ।

नेकपा प्रचण्ड–माधव समूह निकट आठविकासकोट नगरपालिका वडा नम्बर–२ का अध्यक्ष मानबहादुर चदाराको टोलीले वडा नम्बर–९ का काँग्रेस निकट वडाध्यक्ष तारक शाहीलाई गएराति आक्रमण गरेपछि विवाद उत्पन्न भएको स्थानीय युवा शिव केसीले बताए ।

अहिले अवस्था नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय आठविसकोटका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।

उनका अनुसार झडपका क्रममा ढुंगा लाग्दा तीन जना प्रहरी र वडाध्यक्ष तारक शाहीसहित तीन जना कांग्रेस निकट युवाहरु घाइते भएका छन् । उनीहरुको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति समेत गठन गरिएको डिएसपी श्रेष्ठले बताए । घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?