Comments Add Comment

अक्टोबरपछि पहिलोपटक सार्वजनिक भए ज्याक मा

७ माघ, काठमाडौं । चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माको एन्ट कम्पनीमाथि अनुसन्धान सुरु भएपछि पहिलोपटक सार्वजनिक भएका छन् । सार्वजनिक स्थलमा नदेखिएसँगै ज्याक मा हराएको आशंका गरिएको थियो । साथै केहीले भने सरकारले उनलाई नियन्त्रणमा राखेको हुन सक्ने अनुमान गरेका थिए ।

चिनियाँ चर्चित उद्यमीको रुपमा रहेका ज्याक माले बुधबार शिक्षकहरुको एक सम्मेलनमा सम्बोधन गरेका हुन् । अनलाइनबाट उक्त सम्मेलनलाई सम्मेलन गरेसँगै त्यसको सकारात्मक असर अलिबाबाको शेयर बजारमा देखिएको छ । ज्याक मा सार्वजनिक भएको समाचारसँगै अलिबाबाको शेयरको भाउ पनि पाँच प्रतिशतभन्दा धेरैले बढेको छ ।

गत अक्टोबरमा ज्याक माले चीनको वित्तीय नियामकको आलोचना गर्दै अभिव्यक्ति दिएका थिए । त्यसपछि ज्याक माले स्थापना गरेको एन्ट कम्पनीको आईपीओ नियामकले अन्तिम समयमा रोकिदिएको थियो । त्यसयता ज्याक मा सार्वजनिक भएका थिएनन् ।

गत डिसेम्बरमा चीनमा एन्ट कम्पनीबारे अनुसन्धान सुरु गरिएको थियो । चीनले पछिल्लो समय मुलुकमा निकै शक्तिशाली बनेर उदाएका कम्पनीमाथि कडाइ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment