Comments Add Comment

ओली समूहको युवा भेला गर्न जिससले दिएन हल

केपी समूहको कार्यक्रम विथोल्न सक्ने भन्दै पक्राउ परेका युवाहरु ।

८ माघ, सप्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहले सप्तरीमा बिहीबार गर्न लागेको युवा भेला तथा प्रशिक्षण कार्यक्रमका लागि जिल्ला समन्वय समिति (जिसस)ले आफ्नो हल नदिने भएको छ ।

समन्वय समितिका प्रमुख प्रभाकर यादवले जिल्ला प्रशासन कार्यालयलाई बिहीबार पत्राचार गर्दै नेकपाको आयोजनामा हुने युवा भेलाका निम्ति हल उपलब्ध नगराउने बताएका छन् ।

‘नेकपाको दुवै पक्षबाट विवाद हुने देखिएको र विवादबाट सार्वजनिक सम्पत्तिमा क्षति हुने सम्भावना देखिएको हुँदा जिल्ला समन्वय समितिको सभाहल कुनै पनि पक्षलाई नदिने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ प्रशासन कार्यालयलाई प्रमुख यादवले पठाएको पत्रमा लेखिएको छ ।

ओली समूहले जिल्ला समन्वय समितिकै सभा हलमा युवा भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने तय गरेको थियो । मोटरसाइकल र्‍यालीपछि यो हलमा कार्यक्रम हुने तय थियो । तर कार्यक्रम हुने दिनमै जिल्ला समन्वय समितिले हल नदिने निर्णय गरेपछि युवा भेला खुल्ला सार्वजनिक ठाउँमा हुने भएको छ । अब कार्यक्रम राज रंगशालामा हुने ओली समूहका नेताले बताएका छन् ।

यो कार्यक्रम बिथोल्न खोजेको भन्दै प्रहरीले प्रचण्ड-माधव समूहका ७ जना कार्यकर्तालाई पक्राउ गरेको छ । दुवै पक्षबीच विवाद र झडप हुने सम्भावना देखिएपछि अहिले राजविराजमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । छिमेकी जिल्ला सिरहा र सुनसरीबाट समेत सुरक्षाकर्मी मगाइएको प्रहरी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment