Comments Add Comment

ओली समूहको कार्यक्रम बिथोल्न खोजेको भन्दै प्रचण्ड–माधव समूहका कार्यकर्ता पक्राउ

प्रहरी नियन्त्रणमा रहेका प्रचण्ड–माधव समूहका कार्यकर्ताहरु

८ माघ, सप्तरी । नेकपा (ओली समूह) ले सप्तरीमा गर्न लागेको कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रचण्ड–माधव समूहका सात जना कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा बिहीबार सप्तरीमा मोटरसाइकल र्‍याली र प्रशिक्षण कार्यक्रम हुँदैछ । उक्त कार्यक्रमलाई बिथोल्न खोजेको भन्दै प्रहरीले बिहीबार बिहान प्रचण्ड–माधव समूहका छेदी रजक, बिनोद यादव, वडा अध्यक्षसमेत रहेका प्रेम यादवलगायतलाई पक्राउ गरेको हो ।

सदरमुकाम राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका उनीहरुलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रचण्ड–माधव समूहका नेता उमेश यादवले संसद विघटनको असंवैधानिक कदमविरुद नारा लगाएकै कारण पक्राउ गर्नु तानाशाही प्रवृत्ति भएको बताए । पक्राउ गरिएकाहरुलाई तत्काल रिहा गर्न उनले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment