Comments Add Comment

साहरुखको ‘पठान’को सेटमा लफडा

नायक साहरुख खान, नायिका दीपिका पादुकोण र नायक जोन अव्राहिमको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’को हाल धमाधम छायांकन भैरहेको छ । तर, चलचित्रको छायांकनका क्रममा निर्देशक र एक सहयोगीतविच हात हालाहाल नै भएपछि निर्माता आदित्य चोपडाले सुरक्षा व्यवस्था कडा बनाएका छन् ।

यशराज ब्यानरले निर्माण गरिरहेको यो चलचित्रको पहिलो चरणको छायांकन सकिएको छ । दोश्रो चरणको छायांकन दुबइमा गरिनेछ । भारतीय मिडियाका अनुसार, आदित्यले आफ्नो चलचित्रको छायांकन सेटमा यस भन्दा अगाडि यस्तो लफडा कहिले पनि नभएको भन्दै यो घटनाको जाँच गर्न पनि आदेश दिएका छन् ।

निर्देशक सिद्धार्थ आनन्दमाथि एक सहयोगीले थप्पड हानेको भारतीय मिडियामा उल्लेख छ । यो घटनापछि नायक साहरुख खानले सेटमा उपस्थित हुने महिलाहरुकोसुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

निर्देशक सिद्धार्थ आनन्दले सेटमा मोबाइल र क्यामेरा दुबै निषेध गरेका थिए । तर, एक सहयोगीले उनको यो निर्देशनलाई मानेनन् । सिद्धार्थले बारम्बार संझाउँदा पनि नमानेपछि उनले ती सहयोगीलाई एक थप्पड हानेका थिए । निर्देशक सिद्धार्थमाथि ती सहयोगीले पनि थप्पड फर्काएका थिए ।

यो घटनापछि एक दिनका लागि चलचित्रको छायांकन रोकिएको थियो । यस्तै, ती सहयोगीलाई कामबाट समेत निकालिएको छ । सन् २०१८ मा रिलिज भएको चलचित्र ‘जिरो’पछि नायक साहरुख खानले नयाँ चलचित्रमा काम गरेका थिएनन् । उनी, २ बर्षपछि चलचित्रको पर्दामा फर्किन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment