+
+
Shares

डेनिम क्लोथिङसँग जोडिए पल

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १२ गते ११:५७

नायक पल शाह ‘३६५ भेन्टेज डेनिम क्लोथिङ’को ब्रानड एम्ब्यासडरमा नियुक्त भएका छन् । यो ब्रान्डको टिम र नायक पल शाहसँग संझौता भएको छ । यो क्लोथिङ ब्रान्डसँग जोडिएपछि नायक पल शाहले खुशी व्यक्त गर्दै आफ्नो तर्फबाट शतप्रतिशत साथ दिने बताएका छन् ।

यस्तै, यो ब्रान्डका नेपालका संचालक विनोद श्रेष्ठले नायक पल शाहसँग जोडिन पाउँदा खुशी लागेको बताए । उनले, नायक शाह जोडिएपछि यो ब्रान्डलाई लिएर दर्शकमा अझै विश्वास पैदा हुने बताए ।

नेपाली म्यूजिक भिडियो र चलचित्रमा व्यस्त रहेका नायक शाहको पछिल्लो केही बर्षयता यूवायूवतीमाझ राम्रो क्रेज बनेको छ । यसैले पनि पललाई यो ब्रान्डले ब्रान्ड एम्ब्यासडर बनाएको हो ।

नेपाली चलचित्रका कलाकारहरु पछिल्लो समय ब्रान्ड प्रमोशनमा व्यस्त हुन थालेका छन् । जसलेगर्दा, उनीहरुको लोकप्रियतामा यसले केही हदसम्म मद्दत गरेको छ भने अर्कोतिर उनीहरुलाई आर्थिक रुपमा पनि फाइदा भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?