Comments Add Comment

दुई महिनापछि न्युजिल्याण्डमा भेटिए कोरोना संक्रमित

१२ माघ, काठमाडौं । न्युजिल्याण्डमा दुई महिनाभन्दा लामो समयपछि कोरोना भाइरस (कोभिड–१९) को एक संक्रमित फेला परेका छन् । हालै मात्र युरोप भ्रमणबाट फर्किएकी ५६ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार शनिबार उक्त महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

युरोपबाट फर्किएपछि १० दिन आइसोलेसनमा बसेपछि गरिएको कोरोना परीक्षणमा संक्रमण पुष्टि भएको हो । न्युजिल्याण्डका स्वास्थ्यमन्त्री क्रिस हिप्किन्सले महिलामा देखिएको संक्रमण दक्षिण अफ्रिकामा भेटिएको नयाँ प्रकार (भेरियन्ट) हो । उनलाई होटल क्वारेन्टिनमा बस्दा संक्रमण सरेको हुन सक्ने आशंका छ । यद्यपि महिलाको सम्पर्कमा आएका केही मानिसहरुमा भने कोरोना परीक्षण गर्दा नेगेटिभ पाइएको छ ।

न्युजिल्याण्ड कोरोना महामारीलाई नियन्त्रणमा राख्न सफल भएको मुलुक हो । गत नोभेम्बरमा अन्तिमपटक न्युजिल्याण्डमा कोरोनाका स्थानीय संक्रमित फेला परेका थिए । अहिलेसम्म न्युजिल्याण्डमा केवल एक हजार ९२७ नयाँ संक्रमित फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment