Comments Add Comment

अस्ट्रेलियामा फाइजरको कोरोना खोपलाई अनुमति

१२ माघ, काठमाडौं । अस्ट्रेलियाले अमेरिकी कम्पनी फाइजरले जर्मन खोप निर्माता बायोएनटेकसँग मिलेर बनाएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई मान्यता दिने निर्णय गरेको छ । यससँगै आगामी फेब्रुअरीबाट सुरु हुने कोरोना खोप कार्यक्रममा फाइजरको खोपको पनि प्रयोग हुनेछ । यो खोप फेब्रुअरीको अन्तिमबाट साप्ताहिकरुपमा ८० हजार मानिसहरुलाई कोरोना खोप लगाउने अस्ट्रेलियाको योजना छ ।

सोमबार अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले प्रभावकारी परीक्षणपछि मुलुकमा कोरोना खोपलाई अनुमति दिइएको बताए । उनले मुलुकमा कोरोनाको पहिलो संक्रमण देखिएको एक वर्षमा खोपलाई अनुमति दिइएकोमा खुसी व्यक्त गरे ।

यद्यपि अस्ट्रेलियाले राखेको कोरोना खोप अभियानको लक्ष्य हासिल गर्न अक्सफोर्ड युनिभर्सिटी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना खोप पनि आवश्यक हुन्छ । तर, एस्ट्राजेनेकाले उत्पादनमा समस्या देखिएकाले यसअघि भनेजति खोप पु¥याउन नसकिने बताइसकेको छ ।

यस्तो अवस्थामा उक्त खोप बनाइरहेको घरेलु कम्पनी सीएसएलले यसअघि तय गरिएको मितिभन्दा अगाडि नै खोपको आपूर्ति सुरु गर्ने अस्ट्रेलियाका अधिकारीहरुले बताएका छन् ।

यसअघि एस्ट्राजेनेकाले युरोपेली संघ (ईयू)लाई पहिलो त्रैमासमा ६० प्रतिशत खोप मात्र उपलब्ध गराउने बताएको थियो । त्यसैले अस्ट्रेलियाले पनि एस्ट्राजेनेकाबाट पर्याप्त खोप नपाउन सक्ने देखिएसँगै सीएसएल कम्पनीले मार्चको सुरुदेखि मुलुकमा खोप वितरण सुरु गर्नेछ । यद्यपि अहिलेसम्म एस्ट्राजेनेकाको खोपलाई अस्ट्रेलियाले अनुमति दिएको छैन ।

सीएसएलले मार्चको सुरुदेखि प्रतिसाता १० लाख डोज कोरोना खोप उपलब्ध गराउनेछ । अस्ट्रेलियाले अप्रिलसम्म ४० लाख मानिसहरुलाई खोप दिने लक्ष्य राखेको छ । अस्ट्रेलियाले प्यासिफिक क्षेत्रका अन्य टापुहरुमा पनि खोप आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment