Comments Add Comment

अनावश्यक हल्लाले चित्त दुख्योः समीक्षा अधिकारी

गायिका समीक्षा अधिकारीका एकपछि अर्को गीत सार्वजनिक भैरहेका छन् । उनले गतबर्षको चैत्रपछि१ सय २० भन्दा बढी गीतमा स्वर दिएकी छिन् । उनका ‘माया मारेर’, ‘नबोली नबोली’, ‘पछ्यौरी लिसियो’ लगायतका गीतले स्रोता–दर्शकको मन जितेका छन् ।

छोटो समयमा सांगीतिक बजारमा चर्चामा आएकी समीक्षालाई व्यक्तिगत विषयमा हुने अनावश्यक टिकाटिप्पणीले चित्त दुख्ने गरेको छ । अनलाइनखबरसँगको कुराकानीमा समीक्षाले भनिन्–‘यहि क्षेत्रका कतिपय मान्छेहरुले हुँदै नभएको हल्ला फैलाउँदारहेछन् । आफ्नो व्यक्तिगत जीवनबारे नहुने कुराहरु सुन्दा कस्को पो चित्त दुख्दैन र ?’

लकडाउनको समयमा आफ्ूबारे बजारमा अनावश्यक हल्ला सुनेर केही समय चिन्तित भएको समेत समीक्षाले बताईन् ।

उनले भनिन्–‘समीक्षाको त प्रेमी छ रे, त्योसँग बस्छे रे भन्ने खालका हल्ला भयो । यो कुरा सुन्दा निकै दुःख लागेको थियो । हुँदै नभएको कुरा गरेर मानिसलाई कमजोर बनाउने प्रयास गरिदोरहेछ ।’

‘तर, उहाँहरुले अरुका बारेमा पनि कुरा काट्नुहुँदोरहेछ भन्ने थाहा पाएपछि यस्ता कुराहरुलाई वास्ता गर्न छाडेँ’ उनले भनिन् । हिजोआज सांगीतिक बजारमा हुने हल्लाको पछाडि नलागी आफ्नो काममा ध्यान दिने गरेको समीक्षाले बताइन् ।

उनले बजारमा हुने गरेका अनावश्यक कुराले अझै राम्रो काम गर्नुपर्छ भन्ने भावना पैदा गराएको समेत बताईन् । ‘अहिले यस्ता कुराहरुलाई मतलब नगरी आफ्नो काम गर्नुपर्छ भनेर अगाडि बढेकी छु । आफूमा अझै राम्रो काम गर्नुपर्छ भन्ने भावना आएको छ’, समिक्षाले अनलाइनखबरसँग भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment