Comments Add Comment

गुल्मीमा ५०० बढीलाई दिइयो कोरोनाविरुद्धको खोप

२० माघ, गुल्मी । गुल्मीमा पाँच सय बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा कोरोनाविरुद्धको खोप कार्यक्रमअन्तरगत चार दिनमा कुल ५१४ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।

जिल्लामा २४ गतेसम्म कुल १८७० जनालाई कोरोनाविरुद्धको खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । जसमा जिल्ला अस्पतालसहित स्थानीय तहका स्वास्थ्यकर्मी, औषधि व्यवसायी, एम्बुलेन्स चाकल, महिला स्वास्थ्य स्वयम् सेविका लगायतले खोप लगाउनेछन् ।

जसको लागि ४ हजार १८० डोज खोप आइसकेको छ । पहिलो चरणमा खोप लगाइसकेपछि २८ दिनपछि दोस्रो चरणमा खोप लगाइने आचार्यले बताए ।

अहिले सुरुको चरण भएकोले डाक्टरहरुसँगको समन्वयमा खोप कार्यक्रताले खोप लगाइदिएका छन् । जिल्लामा माघ १५ गते ७८ जना स्वास्थ्यकर्मी, १९ जना सरसफाइकर्मी र ४ जना एम्बुलेन्स चालक गरी १०१ जनालाई खोप प्रदान गरेर सुरुवात गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment