Comments Add Comment

मदन भण्डारीलाई राजावादी देखाउने गरी शिक्षामन्त्रीले सार्वजनिक गरे अडियो

फाइल तस्वीर

२१ माघ, काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेकपा (एमाले) का तत्कालिन महासचिव स्व. मदन भण्डारीको अडियोलाई गलत अर्थ राख्ने गरी सार्वजनिक गरेका छन् ।

भण्डारीले त्यतिबेला गरेको चुनावी भाषणलाई गलत अर्थ लाग्ने गरी मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । २५ सेकेन्डको अडियोमा भण्डारीले ‘मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर पनि जनता र प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने कुरालाई ग्यारेन्टी गरिन्छ भने यो ठूलो आपत्तिको कुरा हुने छैन, किन ठूलो आपत्तिकको कुरा हुने छैन भने कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ’ भनेको सुनिन्छ ।

काठमाडौं, चाबहिलमा आयोजित सभामा स्व. भण्डारीले गरेको भाषणको अडियोको गलत अर्थ लाग्ने अंशमात्रै मन्त्री श्रेष्ठले सार्वजनिक गरेका हुन् । उक्त भाषणमा भण्डारीले राजतन्त्र एक नम्बर शत्रु भएको बताएका थिए ।

नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि माघ २३ गते आयोजना गरेको सभाको प्रचार सामग्रीमा प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीको तस्वीरसहित यो अडियो राखेका हुन् ।

यसअघि खानेपानी मन्त्री मणि थापाले वर्तमान सरकारलाई सार्वजनिक रुपमै ‘श्री ५ सरकार’ भनेको विषय विवादमा आएको थियो ।

सुन्नुहोस् मन्त्री श्रेष्ठले फेसबुकमा राखेको अडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment