+
+

तीव्र उतारचढाव पछि घट्याे सेयर बजार, कमाउनेको अग्रपंक्तिमा लघुवित्त

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २१ गते १५:२८

२१ माघ, काठमाडौं । तीव्र उतारचढावकाबीच सेयर बजार घटेर बन्द भएको छ । कारोबार शुरु भएसँगै बढ्न शुरु भएको बजार ११ बजेर ९ मिनेट पछाडि भने घट्न थाल्यो । ११ बजेर ४० मिनेटसम्म घट्ने क्रम जारी रहे पनि त्यसपछि भने पुनः उकालो लाग्ने क्रम शुरु भयो ।

फेरि १२ बजेर १० मिनेटमा बढ्ने क्रम रोकिएर घट्न शुरु भयो । घटबढको श्रृंखला दिनभर चले पछि अन्नत ६ अंकले बजार घटेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ८१ अंकले घटेर २ हजार ४ सय ६६ दशमलव ९२ अंकमा झरेको छ ।

कारोबार रकम भने ९ अर्ब नाघेको छ । दिनभर भएका ९१ हजार ५ सय ५९ कारोबारबाट २०२ कम्पनीका २ करोड २० लाख ४० लाख ५ सय १६ कित्ता सेयर किनबेच भएको छ । जसबाट कारोबार रकम ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४ सय ९६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा कारोबार हुने समूहहरु मध्ये बैंकिङ, लघुवित्त र जलविद्युत् समूहका सबइन्डेक्स बढेका छन् भने बाँकी सबै घटेका छन् ।

हेर्नुस् समूहगत घटबढको अवस्था :

धेरै कमाउनेमा लघुवित्त

बुधबार धेरै कमाउनेहरुको शिर्ष स्थानमा भने लघुवित्त वित्तीय संस्थाहरु रहेका छन् । धेरै कमाउने शिर्ष ५ मा सबै लघुवित्त कम्पनीका लगानीकर्ताहरु देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?