+
+

उत्तरी गोरखामा हेलिकप्टरमार्फत कोरोना खोप

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २२ गते १५:२५

२२ माघ, गोरखा । उत्तरी गोरखामा कोरोना भाइरसविरुद्धको खोप हेलिकप्टरमार्फत पुर्‍याइएको छ ।

बिहीबार सिम्रिक एयरको हेलिकप्टरमार्फत दश भाइल (एक सय डोज) खोप पठाइएको स्वास्थ्य कार्यालयका खोप कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए ।

‘कार्यालयबाट हामीले एम्बुलेन्समा राखेर हरमटारी खेल मैदानसम्म लग्यौं,’ उनले भने, ‘त्यहाँबाट हेलिमा हालेर माथि पठायौं ।’ उक्त खोप सो क्षेत्रको स्वास्थ्य सेवामा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीलाई लगाइने उनले जानकारी दिए ।

माघ १४ देखि १८ गतेसम्म सञ्चालन भएको पहिलो चरणको खोप अभियानमा चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी सहभागी भएका थिएनन् । उनीहरु खोप केन्द्रसम्म आउन टाढा पर्ने हुनाले खोप नै हेलिकप्टर मार्फत ढुवानी गरेको खत्रीले बताए ।

शुक्रबार चुमनुब्री गाउँपालिकामा तीन वटा खोप केन्द्र स्थापना गरी त्यहाँका स्वास्थ्यकर्मीलाई खोप लगाइने उनले बताए ।

सामागाउँ, ल्हो, प्रोक र बिही गाउँलाई समेट्ने गरी लिहीमा, छेकम्पार र चुम्चेतलाई समेट्ने गरी चुम्लिङमा र सिर्दिवासको फिलिममा गरी तीन वटा खोप केन्द्र स्थापना गरिने उनले जानकारी दिए । लिहीमा ३०, चुम्लिङमा २० र फिलिममा १८ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै धार्चे गाउँपालिकाको माछाखोलामा पनि सोही दिन खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ । ५० जनालाई लक्षित गरी उक्त केन्द्रमा खोप र आवश्यक चिकित्सक गाडीमा पठाइसकिएको उनले जानकारी दिए ।

सोही दिन गोरखा अस्पतालमा पनि खोप केन्द्र स्थापना गरेर अभियानमा छुटेका विभिन्न स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई खोप लगाइने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?