Comments Add Comment

लागूऔषधसहित दुईजना पक्राउ

२२ माघ, जनकपुरधाम । लागूऔषध खरिदका लागि भक्तपुरबाट मोटरसाइकल चढेरै भारतीय बजारसम्म पुग्ने दुई जना युवक पक्राउ परेका छन् । लागूऔषध खरिद गरेर फर्कने क्रममा २२ वर्षका दुई युवक महोत्तरीमा समातिएका छन् ।

भारततर्फबाट प्रदेश ३-०२-०१० प ६८९० नम्बरको मोटरसाइकलमा लागूऔषध लिएर आउँदै गरेका भक्तपुरकाे सूर्यविनायक नगरपालिका वडा ९ बस्ने २२ वर्षका निश्‍चल महत र सोही उमेरका सुभित राउत महोत्तरीको सम्सी गाउँपालिका-६ बाट पक्राउ परेका हुन् ।

उनीहरूकाे साथबाट नुरफिन ५ थान, फेहारगन इन्जेक्सन ५ थान, डाइजेल्याब इन्जेक्सन २ थान बरामद भएकाे महाेत्तरीका प्रहरी प्रबक्ता प्रकाश विष्टले बताए ।

दुवैविरूद्ध लागूऔषध मुद्दामा जिल्ला अदालतबाट ७ दिनकाे म्याद थप गरी अन्य अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment