+
+

अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै थिरले लेखे–‘चाडै नै एक हुने तयारीमा छौं’

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते १२:५२

गायिका अञ्जु पन्त र गीतकार थिर कोइरालाविच बिहे हुने पक्का भएको छ । थिरले केही दिन अगाडि अनलाइनखबरसँग कुरा गर्दै आफूहरु एक बर्षदेखि प्रेममा रहेको बताएका थिए । उनले, अञ्जुसँग बिहेको बिषयमा कुरा चलिरहेको तर मिति तय नभएको बताएका थिए ।

उनै, थिरले सामाजिक संजालमा अञ्जुसँगको तस्वीर सार्वजनिक गर्दै चाडै नै एक हुने लागेको बताएका छन् । उनले, मिडियामा आएको खबर सत्य भएको पुष्टी गर्दै केही समयदेखि एक अर्काको प्रेममा रहेको पनि बताएका छन् । उनले, बिहेको बिषयमा पनि चाडै नै जानकारी दिने उल्लेख गरेका छन् ।

शुभेच्छुकहरुको सकारात्मक प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको भन्दै अझै धेरै मायाको अपेक्षा गरेका छन् ।

एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेपछि अञ्जु छोरी परितोशिकासँग रहँदै आएकी थिइन् । उनै, अञ्जुलाई छोरीले बिहे गर्नुपर्छ भनेर दबाब पनि दिदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण आफूले बिहेको बिषयमा सोचेको प्रतिक्रिया दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?