Comments Add Comment

तस्वीरमा ओली समूहको शक्ति प्रदर्शन

२३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । माघ ९ गते प्रचण्ड माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेकै दिन प्रधानमन्त्रीसमेत रहेका ओलीले पनि माघ २३ गते आफूहरुले आमसभा देखाउने घोषणा गरेका थिए ।

शुक्रबार ओली समूहले नारायणहिटी दरबार संग्रहालयको अगाडि आमसभाको आयोजना गरेको थियो । आमसभामा सहभागी हुन देशका धेरै जिल्लाबाट ओली समूहका नेता कार्यकर्ता पनि काठमाडौं आएका थिए । आफूहरुको आमसभामा सहभागी बढी रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले नेकपाको आधिकारिक को रहेछ भन्ने आज छिनोफानो लागेको टिप्पणी गरेका थिए ।

हेर्नुहोस् ओली समूहको शक्ति प्रदर्शनमा सहभागीको तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment