+

रोमालाई हराउँदै युभेन्ट्स तेस्रो स्थानमा

२०७७ माघ  २५ गते ७:४८ २०७७ माघ २५ गते ७:४८
रोमालाई हराउँदै युभेन्ट्स तेस्रो स्थानमा

२५ माघ, काठमाडौं । रोमालाई पराजित गर्दै साविक विजेता युभेन्ट्स इटालियन सिरी ए को तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २-० ले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा करिस्टियानो रोनाल्डोले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो ।

घरेलु मैदानमा भएको खेलको १३औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा रोमाका रोर इमानेजले आत्मघाती गोल गर्दा युभेन्ट्सले अग्रता दोब्बर बनाउँदै जित हात पारेको हो ।

जितपछि युभेन्ट्सले २० खेलबाट ४२ अंक जोडेको छ । युभेन्ट्स अझै लिग लिडर इन्टर भन्दा ५ अंकले पछि छ । इन्टर २१ खेलबाट ४७ अंकसहित शीर्ष स्थानमा छ । २० खेलबाट ४५ अंकसहित एसी मिलान दोस्रो स्थानमा छ ।

२१ खेलबाट ४० अंक रहेको रोमा चौथो स्थानमा झरेको छ ।

सिरी ए

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय