+
+
Shares

ओली समूहले राष्ट्रिय युवा संघको संयोजकबाट दीपशिखालाई हटायो

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २५ गते १५:४४

२५ माघ, काठमाडौं । नेकपा ओली समूहले राष्ट्रिय युवा संघको संयोजकबाट रामप्रसाद सापकोटा दीपशिखालाई हटाएको छ । ललितपुरको च्यासलमा जारी बैठकले दीपशिखालाई संंयोजकबाट हटाएको हो ।

प्रचण्ड–माधव समूहमा लागेको संयोजकलाई हटाउन सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बैठक बसेको थियो । बैठक अहिले पनि जारी छ । तर, नयाँ नेतृत्व कसरी चयन गर्ने भन्ने सहमति जुट्न सकेको छैन ।

किरण पौडेल, बचन सिंह र प्रभातविक्रम कटवालले पनि नेतृत्वमा दाबी गरेपछि नयाँ नेतृत्व चयन हुन भने सकेको छैन । ‘संयोजकबाट हटाइएको छ, तर कसको नेतृत्वमा नयाँ संगठन बनाउने भन्ने छलफल भइरहेको छ’, कटवालले भने । नेतृत्वमा सहमति नजुटे पदाधिकारी मोडेलमा जाने तयारी गरेको छ ।

यो समूहले यसअघि प्रेस संगठन नेपालको नेतृत्वबाट महेश्वर दाहाललाई हटाएको थियो । विद्यार्थीमा भने यो समूहकै संयोजक भएकाले नयाँ नेतृत्व चयन गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?