
फाइल तस्वीर
२५ माघ, विराटनगर । प्रदेश १ को प्रदेशसभा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले अवरुद्ध गरेको छ ।
आइतबार दिउँसो अबेर सुरु भएको बैठक नेकपा ओली समूहका सांसदहरुले अवरोध गरेका हुन् ।
ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
सत्तारुढ दलका सांसदले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदलाई प्रवेश गर्न दिएको भन्दै वैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन पाएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4