
२५ माघ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमबीच शाखाको औपचारिक उद्घाटन गरेका थिए ।
शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले “सबैका लागि बैंक” भन्ने मुल नारालाई चरितार्थ गर्दै बैंक उद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैको भएको बताए ।
उहाँले स्थानीय स्तरबाट संकलन हुने रकम स्थानीय स्तरकै आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी गरिने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4