Comments Add Comment

बारामा एक महिलाको घरभित्रै हत्या

२६ माघ, कलैया । बारामा ४८ वर्षीया महिलाको घरभित्रै हत्या भएको छ ।

महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो ।

प्रहरीका अनुसार कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको छ ।

जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको डिएसपी गौतम मिश्रले जानकारी दिए ।

आइतबार बेलुकी उनका श्रीमान खाना खाएर घर बाहिर निस्किएका थिए । केहीबेरपछि आफू घरमा फर्किंदा श्रीमतीलाई मृत अवस्थामा फेला पारेको उनले प्रहरीसमक्ष बताएका छन् ।

कुशवाह परिवारका तीन छोरा र एक छोरी भए पनि उनीहरु अध्ययनको सिलसिलामा जिल्ला बाहिर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment