Comments Add Comment

नेप्से परिसूचक हालसम्मकै उच्च, बैंकमा ‘सिफ्ट’ हुँदै लगानीकर्ता

२६ माघ, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा उल्लास छाएको छ । आइतबार ४६ अंकले बढेको सेयर बजार सोमबार ३७ अंक भन्दा धेरैले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ४८ अंकलेब ढेर २ हजार ५ सय ६१ दशमलव ४८ अंक्मा पुगेको छ ।

यो नेपाली सेयर बजारको हालसम्मकै उच्च अंक हो । आइतबारमात्रै नयाँ किर्तिमान कायम भएकोमा त्यसलाई तोड्दै पुनः नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार रकम पनि १० अर्ब भन्दा माथि पुगेको छ ।

दिनभर भएका ८७ हजार ७ सय ९३ कारोबारबाट २०५ कम्पनीका १ करोड ९१ लाख ६८ हजार ७ सय ६७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १० अर्ब ११ करोड १० लाख ९५ हजार ९ सय ४८ रुपैयाँ पुगेको छ ।

सोमबारको कारोबार हेर्दा लगानीकर्ताहरु अब बैंकतिर आकर्षित भएको देखिन्छ । लघुवित्तका लगानीकर्ताहरुले धेरै कमाउदा बैंकतर्फ पनि राम्रै सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै मूल्य बढ्नेमा बैंकिङ समूह पहिलो नम्बरमा देखिएको छ ।

यो समूह ३.६५ अंकले वृद्धि भएको छ । दोस्रो नम्बरमा विकास बैंक समूह देखिएको छ । विकास बैंक समूहको सबइन्डेक्स ३.४७ प्रतिशतले बढेको छ ।आइतबार निकै बढेको लघुवित्त समूहको सबइन्डेक्स सोमबार भने घटेको छ ।

केहि लघुवित्त कम्पनीका लगानीकर्ताहरुले कमाए पनि समग्रमा यो समूहको इन्डेक्स ३१.४२ अंकले ओरालो लागेको छ । यसैगरी व्यापार, जलविद्युत् र निर्जिवन बिमा समूह पनि घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment