Comments Add Comment

आन्तरिक उडानमा नेपाल एयरलाइन्सको नयाँ तालिका

कुन कुन विमानस्थलमा जान्छ जहाज ?

२६ माघ, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि नयाँ तालिका सार्वजनिक गरेको छ । कम्पनीका अनुसार आन्तरिकतर्फ फेब्रुअरी महिनाका लागि हुने उडान तालिका तय भएको हो । यसअनुसार कम्पनीले काठमाडौं र नेपालगन्जलाई आधार विमानस्थल मानि विभिन्न आन्तरिक गन्तब्यमा उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले अहिले दुर्गम भेगका विमानस्थलमा मात्र उडान गरिरहेको छ ।

कम्पनीसँग टि्वनअटर दुई वटा विमानमात्र आन्तरिक उडानमा उडानयोग्य अवस्थामा छन् । सोहीकारण सुगमका विमानस्थलमा निजी कम्पनीको मात्र उडान रहेको छ । तालिका अनुसार काठमाडौंबाट भोजपुर सातामा पाँच दिन (आइत, सोम, मंगल, बिही र शुक्रबार) उडान हुने छ ।

काठमाडौंबाट दाङका लागि समेत पाँच (सोम, बुध, बिही, शुक्र र शनिबार) उडान हुने छ । काठमाडौं-ताप्लेजुङ रुटमा भने साताको तीन -मंगलर, बुध र शनिबार) उडान उडान हुनेछ । काठमाडौं-खानिडाँडा रुटमा बुध र शनिबार जहाज उड्ने भएको छ ।

काठमाडौं-रुकुम आइतबार र बिहीबार, काठमाडौं-थामखर्कमा बुधबार र बिहीबार, काठमाडौं-फाप्लु आइतबार जहाज उड्ने गरी तालिका बनाइएको छ । ती गन्तब्यबाट सोही दिन जहाज यात्रु लिएर काठमाडौं फिर्ता हुनेछ ।

उता, नेपालगन्जबाट रुकुमका लागि सोमबार र बिहीबार, डोल्पा, जुम्ला, साँफेबगरमा आइतबार उडान हुनेछ । नेपालगन्जबाट सिमकोट र ताल्चामा सोमबार तथा बाजुराका लागि बिहीबार उडान राखिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment