Comments Add Comment

‘चुरीफुरी’बाट अभिषेक र पूजाको डेब्यू

चलचित्र ‘चुरीफुरी’बाट मोडल अभिषेक श्रेष्ठले डेब्यू गरेका छन् । चलचित्रको छायांकन चलिरहेको समयका यसको निर्माणपक्षले कलाकार सार्वजनिक गरेको हो । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा तयार भैरहेको चलचित्रबाट अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेतले डेब्यू गर्दैछन् ।

हाँस्य कथामा निर्माण हुन लागेको चलचित्रमा रविन्द्र झा, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरविर पण्डित, शिशिर भण्डारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । नयाँ कलाकारहरुहरुलाई अडिसनबाट चयन गरिएको निर्देशक आचार्यले बताए ।

आरवी मुभिजको प्रस्तुतिमा तयार भैरहेको चलचित्रमा निर्देशक आचार्य र रिना ढकालको लगानी छ । राहुल राइको छायांकन रहेको चलचित्रमा भिमफेदी गाइजको कोरियोग्राफी, बिजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत छ । चलचित्रमा नविन निरौलाको सम्पादन रहनेछ । चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment