+
+
Shares

सानिमा बैंक काठमाडौंको टोखामा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २७ गते १६:४२

सानिमा बैंक लिमिटेडले काठमाडौंको टोखा‐६ ग्रान्डि हस्पिटल नजिकै बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन् ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे ।

समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टरर ९० वटा एटिएम संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?