
२७ माघ, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा राताम्मे देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूह घटेर राताम्मे देखिएका छन् ।
सेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ०१ अंकले घटेर २ हजार ५ सय ३२ दशमलव ४६ अंकमा झरेको छ । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ८९ अंकले घटेको छ ।
आइतबार र सोमबारको तुलनामा कारोबार रकम पनि घटेको छ । दुई दिन १० अर्ब भन्दा माथि नाघेको कारोबार रकम सोमबार भने ८ अर्ब १४ करोडमा रोकियो । दिनभर भएका ७१ हजार १ सय १२ कम्पनीका १ करोड ५९ लाख ८५ हजार १ सय ९८ कित्ता सेयर किनबेच भएका छन् ।
हेर्नुस् कुन कम्पनीले कमाए ? कुनले गुमाए ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4