
२७ माघ, काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालय स्रोतकाअनुसार उक्त पदमा मैनालीको नियुक्ति गरी सहमतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।
सामान्य प्रशासन मन्त्रालयले नाम स्वीकृति दिनासाथ उनले कार्यभार सम्हाल्न पाउने छन् । यसअघि महानिर्देशक रहेका विनोद कुँवरको सरुवा भएसँगै यो पद रिक्त थियो । मैनाली यसअघि राजस्व अनुसन्धान विभागको महानिर्देशक थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4