Comments Add Comment

नेपाली क्रिकेटर कनिष्क चौगाईं अमेरिकी क्रिकेट प्रशिक्षणमा

२९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटटिमका पूर्व सदस्य कनिष्क चौगाईं अमेरिका क्रिकेटको क्षेत्रीय बन्द प्रशिक्षणका लागि वेष्ट जोनको टोलीमा समावेश भएका छन् ।

क्रिकेट अमेरिकाले आफ्नो उमेर र सिनियर टोलीको सबै क्जोनबाट प्रशिक्षणमा सहभागी हुने खेलाडीको नाम सार्वजनिक गरेको हो ।

जसमा कनिष्क अमेरिका कप्तान समेत सौरभ नेत्रवाल्कर, तिमिल पटेल, निसर्ग पटेल, दक्षिण अफ्रिका पूर्व क्रिकेटर रस्टि थेरन लगायतका चर्चित खेलाडीसँगै वेष्ट जोनमा परेका हुन् ।

अमेरिकाका विभिन्न जोनमा प्रशिक्षण गरेर खेलाडी छनोट गर्ने गरिन्छ । अमेरिकाले त्यसका लागि विभिन्न क्षेत्रीय टोली बनाएर प्रशिक्षण सुरु गर्न लागेको हो ।
वेष्ट जोनमा अमेरिकाको सिनियर टोलीका खेलाडीहरु समेत छन् ।

३५ वर्षीय कनिष्कले नेपालका लागि दुई फस्ट क्लास म्याच खेलेका छन् । उनले सन् २००८ सम्म नेपालबाट खेलेका थिए । उनले नेपालबाट यू-१७ हुँदै तीन पटक यू-१९ विश्वकपसमेत खेलेका थिए ।

उमेर समूहमा राम्रो प्रदर्शन गर्दै ठूलो सम्भावना देखाए पनि उनी विदेशीएका थिए ।

कनिष्कै कप्तानीमा नेपाली यू-१९ टोली सन् २००६ को यू-१९ विश्वकपमा प्लेट च्याम्पियनसिपको उपाधि जितेको थियो । उक्त विश्वकपको फाइनलमा नेपालले न्युजिल्यान्डलाई १ विकेटले हराएको थियो ।

श्रीलंका भएको उक्त यू-१९ विश्वकपमा नेपालको कप्तानी कजिष्कले गरेका थिए भने अहिले राष्ट्रिय टोलीमा रहेका कप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषाकर र पारस खड्का टोलीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment